अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२६ | Colorodo: 16:41

न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि गर्ने काममा लागेको छु – प्रधानन्यायाधीश जबरा

बिआरटीनेपाल २०७५ माघ २६ गते ०:०२ मा प्रकाशित

न्यायपालिकाप्रति जनताको आस्थालाई अभिवृद्धि गर्ने कुरामा आफू प्रतिबद्ध रहेको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बताउनुभएको छ । राष्ट्रिय न्यायिक प्रतिष्ठान र कानून समाजले आयोजना गरेको ‘संवैधानिक इजलासको प्रभावकारिता विषयक’ कार्यक्रममा प्रधानन्यायाधीश जबराले न्याय सम्पादन गर्ने कार्यमा केही सयमदेखि धर्मराउन पुगेको न्यायपालिकाप्रतिको जनआस्थालाई अभिवृद्धि गर्ने काममा लागेको बताउनुभयो ।

प्रधानन्यायाधीश जवराले संविधान कार्यान्वयनमा ठोस योगदान दिने र न्याय सम्पादनलाई छिटोछरितो एवं पारदर्र्शी बनाउन प्रभावकारी तरिकाले काम गरिरहेको उल्लेख गर्नुभयो । प्रधानन्यायाधीश जबराले संवैधानिक इजलासमा संविधानसँग बाँझिएका विवादको सुनुवाइ हुने भएकाले संविधानले व्यवस्था गरेअनुरुप आफूले क्रियाशील तरिकाले अगाडि बढाइरहेको जानकारी दिनुभयो ।

उहाँले आम नागरिक र न्यायपालिका बाहिरको क्षेत्रले संविधानको कार्यान्वयन, सुशासनको प्रवद्र्धन र न्यायपूर्ण समाज निर्माणमा न्यायपालिकाबाट ठोस योगदानको अपेक्षाअनुरुप आफूले काम गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपालको संविधान जारी भएपछि सर्वोच्च अदालतमा संवैधानिक इजलास सञ्चालनमा आएको तीन वर्ष भएको छ। अहिले संवैधानिक इजलासमा करीब २०० मुद्दा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय