अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५२
| Colorodo: 09:07
सरकारी सवारीसाधनमाथि आगजनी गरेको आरोपमा पक्राउ परेका नेपाल विद्यार्थी संघ (नेविसंघ) का नेताहरु साधारण तारेखमा रिहा भएका छन् । गत शनिबार आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेताहरु परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई शुक्रबार जिल्ला अदालत कास्कीले साधारण तारेखमा रिहा गरेका हो ।
उनीहरुमाथि प्रहरीले झुटा मुद्दा दायर गरेको दाबी गर्दै नेविसंघले बिनासर्त रिहाईको माग अघि सारेर आन्दोलन गर्दै आएका थियो । आन्दोलनकै क्रममा गत मंगलबार नयाँ बानेश्वरमा निषेधाज्ञा तोडेर प्रदर्शन गर्दा अध्यक्ष नैनसिंहर महर, उपाध्यक्ष नवीन राईसहित १२ जना विद्यार्थी नेताहरु पक्राउ परेका थिए ।