अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:५६ | Colorodo: 10:11

अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा बम विस्फोट, बुमर र जेनेरेटरमा क्षती

बिआरटीनेपाल २०७५ माघ २५ गते ४:३३ मा प्रकाशित

अरुण तेस्रो जलविद्युत परियोजनाको पावर हाउसमा अज्ञात समूहले बम विष्फोट गराएको छ । घटनास्थलमा तीनवटा बम विष्फोट गराएको भएपनि हालसम्म कुन बम विष्फोट भएको यकिन भइनसकेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

पूर्वी पहाडको संखुवासभा जिल्लामा ९ सय मेगावाट विद्युत उत्पादन गर्ने गरी नेपाल प्रहरीको सुरक्षा घेराभित्र यो परियोजनाको निर्माण भारतीय सतलज कम्पनीले गरिरहेको छ ।

संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा रहेको परियोजनाको पावर हाउस (विद्युत उत्पादन गृह) मा राति करिब साढे आठबजे तीनवटा बम विष्फोट गराइएको प्रहरी कार्यालयले जनाएको छ। पावर हाउसबाट लगभग डेढ सय मिटर पर विष्फोट गराइएको बताउँदै कार्यालयले घटनाको अनुसन्धानका लागि सिनियर प्रहरी अधिकृतकै नेतृत्वमा टोली परिचालन गरिएको जनाएको छ ।

विष्फोट किन र कसले गराएको खुलि नसकेको जनाएको प्रहरी कार्यालयले विष्फोटबाट सुरुङ् खन्ने बुमर र एउटा जेनेरेटरमा क्षति पुगेको उल्लेख गरेको छ। यसअघि, गतवर्ष पनि सोही क्षेत्रमा गराइएको विष्फोटमा पावर हाउस भवनका दुईवटा कोठामा क्षति पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय