अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:०० | Colorodo: 14:15

तीन राजदूतद्वारा शपथग्रहण

बिआरटीनेपाल २०७५ माघ २५ गते ३:२७ मा प्रकाशित

शुक्रबार तीन देश तथा नियोगका राजदूतले पद तथा गोपनियताको शपथ लिएका छन् । इजरायलका लागि नेपालका राजदूत डा. अन्जान शाक्य, संयुक्त राष्ट्र संघ, न्यूयोर्कका लागि नेपालको स्थायी प्रतिनिधि अमृतबहादुर राई र जेनेभास्थित संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले शपथ लिनुभएको हो ।

उहाँहरुले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको छ । सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उहाँहरुलाई केही दिनअघि राष्ट्रपति भण्डारीले राजदूत र स्थायी प्रतिनिधिमा नियुक्त गर्नुभएको थियो ।

शपथ समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदाश वैरागी, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको लगायत सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय