सिन्धुलीको फिक्कल गाउँपालिकामा बिहीबार जिप दुर्घटना हुदाँ ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । स्थानिय फिक्कल गाउँपालिका १ महादेव डाँडाबाट सिन्धुलीगढीतर्फ जाँदै गरेको बा १५ च ९४२२ नम्बरको डबल क्याप बोलेरो जिप आफैँ अनियन्त्रित भई फिक्कल गाउँपालिका २ चण्ढी भज्याङमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा फिक्कल गाउँपालिका २ की २६ वर्षीया अनिता महत, फिक्कल–२ की ५६ वर्षीया तिलमाया विक, सोही ठाउँका ६२ बर्षीय कुनमान तामाङ, फिक्कल गाउँपालिका ३ की ३६ की शान्तिमाया श्रेष्ठ र फिक्कल गाउँपालिकावडा नं २ की ४३ वर्षीया लक्ष्मी विक रहेका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
अनिता महतको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको हो भने अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा परी फिक्कल २ चण्डीभज्याङका ४३ का दीपककुमार सुनुवार, सोही ठाउँका चालक मानबहादुर सुनुवार, तिनपाटन गाउँपालिकाका २६ वर्षका गणेश घिसिङ, फिक्कल २ का ३५ वर्षका जय प्रसाद न्यापाने, फिक्कल –३ का ३८ वर्षका दीपक श्रेष्ठ, फिक्कल २२ का ६६ वर्षका गंगा माया विक, फिक्क्ल –१ का ६५ वर्षीया चन्द्रमाया विक, सोही ठाउँका ४५ वर्षका राजेश सुनुवार र सोही ठाउँका ६० वर्षका नन्दलाल विक घाइते भएका छन् ।
घाइतेमध्ये दीपककुमार सुनुवार, चालक मानबहादुर सुनुवार, गणेश घिसिङको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक लोकदर्शन थापाले जानकारी दिनुभएको छ । घाइतेलाई उपचारका लागि धुलीखेल पठाइएको छ । बोलेरो सडकबाट दुई सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।