अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१७
| Colorodo: 02:32
प्रहरीले ७४ किलो गाँजासहित एक बृद्धलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक मधुकुमार थापाको टोलीले गाँजा सहित हेटौडा उपमहानगरपालिका वडा नं.१९ सिराङगचोकका ७० वर्षीय चन्द्र बहादुर भोलनलाई पक्राउ गरेको हो ।
केही घर गोठहरुमा लागूऔषध गाँजा लुकाई छिपाई राखेको छ भन्ने विशेष सुचनाको आधारमा प्रहरीले छापा मारेको थियो । प्रहरीले चन्द्र बहादुर भोलनको घरबाट १६ किलो, पुर्ण बहादुर भोलनको घरबाट ३२ किलो र बुद्दिलाल भोलनको घरबाट २६ किलो गरी जम्मा ७४ किलो लागूऔषध गाँजा फेलापारी अपराधिक कार्यमा संलग्न चन्द्र भोलनलाई पक्राउ गरिएको बताएको छ ।
प्रहरीले भोलनलाई लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही गरिने र लागूऔषध ओसारपसारमा संलग्न अन्य फरार अभियुक्तहरुको खोजिकार्य भईरहेको जनाएको छ ।