अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:४४ | Colorodo: 23:59

स्ववियु चुनावको मिति तोक्न त्रिविलाई विद्यार्थी संगठनकाे ४८ घण्टे अल्टिमेटम

बिआरटीनेपाल २०७५ माघ २३ गते ४:१६ मा प्रकाशित

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनले ४८ घण्टाभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मिति घोषणा गर्न त्रिभुवन विश्वविद्यालयलाई अल्टिमेटम दिएका छन् । बुधबार उपकुलपति डा. तीर्थ खनियाँसँग भेट गर्दै अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले ४८ घण्टाभित्र स्ववियु चुनावको मिति घोषणा नगरे तालाबन्दी गर्ने चेतावनी दिएको हो ।

हाल क्याम्पसहरुमा रहेको स्ववियुको पदावधि फागुन १८ गते सकिदैछ । त्यसैले फागुनभित्र चुनाव हुने गरी मिति घोषणा गर्न अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले माग गरेका छन्  ।

एक महिनाअघि निर्वाचन मिति र कार्यतालिका घोषणा गर्नुपर्ने भए पनि हालसम्म नगर्दा फागुनमा चुनाव हुनेमा आशंका देखिएकाले अल्टिमेटम दिएको अनेरास्ववियु त्रिवि क्याम्पस कमिटीका अध्यक्ष मदन विष्टले जानकारी दिनुभयो । विद्यार्थी संगठनसँगको भेटमा उपकुलपति खनियाँले यस विषयमा त्रिवि पदाधिकारीहरुसँग छलफल गर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय