अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४२
| Colorodo: 09:57
३३ किलो सुन तस्करी प्रकरणमा दुबईबाट सुन पठाउने हरि खड्का युएईमा पक्राउ परेका छन् । लामो समयदेखि युएईमा बस्दै आएका काभ्रेका खड्कालाई स्थानीय प्रहरीले पक्राउ गरी नेपाल प्रहरीको हेडक्वार्टरलाई खबर गरेको प्रहरीले जनाएको छ ।
उनी विरुद्ध नेपाल प्रहरीले इन्टरपोल मार्फत रेडकर्नर नोटिस जारी गरेको थियो । ३३ किलो सुन तस्करी प्रकरणमा नेपाल प्रहरीबाट सर्वाधिक खोजी गरिएका खड्कालाई नेपाल ल्याउने प्रक्रिया अघि बढेको पनि प्रहरीले जनाएको छ ।
उनले गोरे भनिने चूडामणि उप्रेतिसंग मिलेर युएईबाट सुन नेपाल पठाउने गरेको उक्त प्रकरण छानविन समितिको निष्कर्ष रहेको छ ।