अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१९ | Colorodo: 12:34

अष्ट्रेलियामा भीषण बाढी, उद्धारमा जुट्न प्रधानमन्त्री मरिसनको आग्रह

बिआरटीनेपाल २०७५ माघ २२ गते ४:२९ मा प्रकाशित

अष्ट्रेलियामा भीषण बाढी आएको छ । सो बाढीबाट मङ्गलबार मात्र २ जनाको ज्यान गएको जनाइएको छ । अष्ट्रेलियामा केही दिनदेखि अविरल वर्षा भइरहेको छ । वर्षाका कारण त्यहाँको जनजीवन नराम्ररी प्रभावित भएको छ ।

उद्धारकर्मीहरुले टाउन्सभिल क्षेत्रबाट ६५० जना स्थानीयको उद्धार गरेका छन् । सो क्षेत्रका करिब ११ हजार घरपरिवारलाई सहायता जरुरी भएको बताइएको छ । उनीहरु बाढीको चपेटामा परेका छन् भने बिजुली, खानेपानी तथा अरु आधारभूत आवश्यकताबाट पनि वन्चित हुन पुगेको बताइएको छ ।

यसैवीच, अष्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनले यो शताब्दीकै शक्तिशाली बाढीका कारण देशमा ठूलो क्षति पुगेको उल्लेख गर्दै उद्धार र सहायताको काममा खट्न देशका सुरक्षाकर्मी तथा उद्धारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

अष्ट्रेलियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने टाउन्सभिल बढीबाट सवैभन्दा वढी प्रभावित बनेको छ । उक्त क्षेत्रमा अरु केही घन्टासम्म पानीको मात्रा नघट्ने मौसम अधिकारीहरुले जनाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू