अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:५५ | Colorodo: 22:10

वनमन्त्री बस्नेतकी भतिजी बबिताको शंकास्पद मृत्यु

बिआरटीनेपाल २०७५ माघ २० गते ५:०७ मा प्रकाशित

वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेतको शंकास्पद मृत्यु भएको छ । ललितपुरको बालकुमारीस्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्ल्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो । प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो ।

मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय