अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२५ | Colorodo: 05:40

जबरजस्ती रकम असुलेको अभियोगमा गुण्डा नाईके राजु गोर्खाली पक्राउ

बिआरटीनेपाल २०७५ माघ २० गते ४:११ मा प्रकाशित

जबरजस्ती रकम असुलेको अभियोगमा महानगरीय प्रहरी अपराध महाशाखाले गुण्डागर्दीमा संलग्न विवादित पृष्ठभूमिका राजु गोर्खालीलाई पक्राउ गरेको छ । सुन्धारास्थित काठमाडौं मलका व्यापारीलाई धम्की दिएर जबरजस्ती रकम असुलेको उजुरीका आधारमा महाशाखाले उनलाई नयाँ बानेश्वरबाट आइतवार पक्राउ गरेको हो ।

गोर्खालीलाई एसपी सोमेन्द्रसिंह राठौर नेतृत्वको टोलीले पक्राउ गरेको जानकारी महाशाखाले दिएको छ। प्रहरीका अनुसार काठमाडौं मल गोर्खाली नेतृत्वको समूहले भाडामा लिएर व्यापारीलाई भाडामा लगाउने गरेको थियो ।

गोर्खालीको समूहले त्यही बहानामा व्यापारीहरुसँग चर्को दरमा भाडा लिएर मलको स्वामित्वाला कर्मचारी सञ्चय कोषलाई भने थोरै भाडा तिर्ने गरेको थियो । अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले गुण्डागर्दी गर्दै व्यापारीलाई आतंकित बनाएर रकम असुलेको उजुरी परेपछि गोर्खालीलाई हिरासतमा लिइएको हो । गोर्खालीविरुद्ध यसअघि नै प्रहरीले संगठित अपराध मुद्दामा पक्राउ पुर्जी जारी गरेर खोजी गरिरहेको थियो ।

प्रतिक्रिया