अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६
| Colorodo: 21:01
भारत बिहारको जोगबनीबाट दिल्ली जाँदै गरेको रेल दुर्घटना हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । सिमाञ्चल एक्स्प्रेसको रेल जोगवनी र दिल्लीको बीचमा पर्ने हाजीपुर रेलखण्डमा दुर्घटना भएको हो । गुडिरहेको रेलका ९ वटा डिब्बा उछिटिएर दुर्घटना भएको हो ।
आज बिहान करिब ४ बजे भएको दुर्घटनामा केही व्यक्ति घाइते भएका छन् । घाइतेहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घटनास्थलमा सयौं उद्धारकर्मी खटिएका छन् ।