अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५४ | Colorodo: 13:09

काँग्रेस सभापति शेर बहादुर देउवाको अनशन तोड्न गोविन्द केसीलाई आग्रह

बिआरटीनेपाल २०७५ माघ १७ गते १०:४२ मा प्रकाशित

काठमाडौँ, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीको अनशनको २१ औ दिनको दिन अस्पातल पुगेर डा गोविन्द केसीलाई अनशन तोड्न आग्रह गर्नुभएको छ । डा केसी अनशन बस्नुभएको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगी सभापति देउवाले उहाँलाई बिग्रँदो स्वास्थ्य अवस्थालाई ख्यालमा राखेर अनशन तोड्न आग्रह गर्नुभएको हो ।

डा केसीलाई भेट्न सभापति देउवासहित पूर्वमन्त्री एवं काँग्रेस नेता गगनकुमार थापालगायतका नेता शिक्षण अस्पताल पुग्नुभएको थियो । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय