निर्देशक देव कुमार श्रेष्ठको निर्देशनमा नयाँ मेगा बजेटको सिनेमा निर्माण हुने भएको छ । लभ सब, नेप्टे, लालटिन र दि कर्मा जस्ता सिनेमा निर्देशन गरिसकेका निर्देशक श्रेष्ठ हालै नयाँ प्रोजेक्टमा अनुबन्धित भएका छन् । ५० प्रतिशत छायाङ्कन नेपाल र ५० प्रतिशत नेपाल बाहिर छायाङ्कन गरिने यस सिनेमाको नाम भने अहिले सार्वजनिक गरिएको छैन । निर्देशक देव कुमार श्रेष्ठ कै कथामा बन्ने सिनेमाको हाल कथाको काम भइरहेको उनले बताए । “कथा फाइनल भएपछि हामी कलाकार छनोट गर्छौ अनि लोकेसन त्यस पश्चात् टाइटल सार्वजनिक गर्नेछौ” निर्देशक श्रेष्ठले भने । फिल्मको मिनिमम लागत खर्च अहिले लाई करिब डेढ करोड राखेका छौ यो बढ्न पनि सक्छ उनले भने । बुधवार एक कार्यक्रमका बिच पत्रकार सम्मेलनको आयोजना गर्दै सिनेमाको निर्माण घोषणा र निर्देशक तय गरिएको छ।
अप्रिल पहिलो हप्ताबाट फ्लोरमा जाने यस सिनेमामा अहिलेको चर्चित कलाकारहरू नै रहने निर्माण टिमले बताएको छ । श्री कृष्ण फिल्मस प्रा. लि. तथा आर के एम प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुने यस सिनेमाको हाल प्राविधिक तथा कलाकारहरूको छनोट भइरहेको । निर्माता: राजेश जी सी तथा गणेश के सिको लगानी रहने यस सिनेमाको वितरणको जिम्मा भने केदार पराजुलीले लिएका छन् ।