काठमाडौँ । नेपाल टेलिभिजनका सबै चार वटा च्यानल नेपाल टेलिभिजन, एनटिभी न्युज, एनटिभी प्लस र एनटिभी कोहलपुर बिहीबारदेखि हाइ डेफिनेसनमा प्रसारण हुने भएको छ । अध्यक्ष डा महेन्द्र विष्टले बिआरटी नेपाललाई दिएको जानकारी अनुसार नेपाल टेलिभिजनको ३४ औँ वार्षिकोत्सवका अवसर पारेर बिहीबारदेखि एचडीमा रूपान्तरण गर्न लागिएको हो ।
अध्यक्ष विष्ट अनुसार, नेपालको सबैभन्दा जेठो र अग्रणी टेलिभिजन प्रसारण संस्थाका रूपमा ख्याति कमाएको नेपाल टेलिभिजनलाई नारा अनुसारको रूपान्तरणका लागि तय‘विकासका लागि सञ्चार, समृद्धिको आधार’ भन्ने नयाँ नारा गरिएको साथै समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय लक्ष्य भेट्टाउन नेपाल टेलिभिजनले आफ्नो प्रयास गर्ने बताए । टेलिभिजन प्रसारण जगतमा अत्याधुनिक प्रविधिलाई आत्मसात् गर्दै नेपाल टेलिभिजनले नयाँ उचाइ हासिल गरेको बताए । 

डा. बिष्ट फोटो: एस बाबु, क्यालिफोर्निया