अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४८ | Colorodo: 21:03

अब अधिकारका लागि कोहीपनि सहिद हुन पर्दैन – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:२५ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकासका लागि हातेमालो गरी अघि बढ्न आह्वान गर्नुभएको छ । सहिद दिवसका अवसरमा सहिद स्मारक लैनचौरमा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रको रक्षा र मुलुकको विकास गर्न सरकार प्रतिबद्ध रहेको भन्दै सबैलाई हातेमालो गर्न आह्वान गर्नुभयो । उहाँले अधिकारका लागि अब कोहीपनि सहिद हुन नपर्नेसमेत बताउनुभयो ।

प्रधानमन्त्री ओलीले मुलुकका लागि सहिदहरुले आफ्नो जीवन नै आहुति दिएको भन्दै अरु केही नसके पनि लोभ त्याग्न भने सक्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण गर्न सरकार प्रतिबद्ध रहेको पनि दोर्होयाउनभयो ।

प्रधानमन्त्री ओलीले अब सुशासन र आर्थिक विकासमार्फत् देशलाई अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । नेपाललाई प्रकृतिले सम्पन्न र धनी देश बनाएको भन्दै उहाँले तिनै सम्पदाको प्रयोग गरेर समृद्ध मुलुक बनाउने अठोट व्यक्त गर्नुभयो । सरकार देश र जनताप्रति निष्ठावान् भएकोले आग्रह पूर्वाग्रहविना काम गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

यसैवीच, प्रधानमन्त्री ओलीले कार्यक्रममा लैनचौरस्थित शहीद स्मारकमा माल्यर्पण गर्नुभएको छ । जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । उनीहरूको सम्मानमा शहीद दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय