अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१५ | Colorodo: 06:30

केही वर्षमै देशको परिचय फेरिन्छ – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७५ माघ १६ गते ८:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले केही बर्षभित्रै मुलुकको परिचय परिवर्तन हुने बताउनुभएको छ । भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा तथा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षमै देशको परिचय फेरिने बताउनुभएको हो ।

“गरिब नेपाल, गरिब नेपाल रहँदैन । बाटा भत्किएको नेपाल त्यो रहँदैन । यत्ति सानो नेपाल चिटिक्क पार्न सकिने बताउँदै ओलीले भन्नुभयो, अलिकति रिङरोड बनिसक्यो । अब अलिकति बनाउँदा धूलो हुन्छ । गाली पनि खाइन्छ तर बनिसकेपछि गाली खान छोडिन्छ ।” मेलम्चीको पानी ल्याएरै छोड्ने उहाँ को भनाइ छ । “पानी ल्याएरै छोड्छौँ । पानी ल्याउँदा फेरि पाइप फुटेर हिलो हुन्छ । थोरै गाली खान्छौँ । निर्माण कार्यको समयमा अलिकति असुविधा हुन्छ । तर असुविधा नभइकन सुविधा हुँदैन ।”

प्रधानमन्त्री ओलीले जीपी कोइराला स्वासप्रश्वास केन्द्र बनाउनेबारे कांग्रेससँग छलफल गर्न चाहेको बताउनुभयो । उहाँले भन्नुभयो, “स्वासप्रश्वास केन्द्रलाई यथास्थितिमा नराखेर राम्रो बनाउने भने । अगाडि बढाउन खोज्दा कांग्रेसले यथास्थितिमा राख्नु भन्यो । मैले निवेदन गर्दागर्दा कांग्रेसले मानेन् । असमझदारी यस्ता कुरामै छ ।”

युवाले देशमा केही गन सकुन् भन्ने विश्वासका साथ सरकार आधारमा अगाडि बढेको उल्लेख गर्दै प्रधानमन्त्रीले सत्य बोल्ने आँट गर्ने कि नगर्ने ? भन्दै प्रश्न गर्नुभयो । “साँचोलाई साँचो भन्ने कि नभन्ने भन्ने प्रश्न हो । हामीले नेपाललाई नयाँ ढंगले विकासको गतिमा अगाडि बढाउनुपर्छ,’”ओलीले भन्नुभयो ।

रंगशाला उद्घाटन गरेरमात्र काफी नहुने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले रंगशाला निर्माण हुनु राम्रो रहेकोले यसलाई समयमै सफल पार्न सहयोग गर्न सबैलाई आग्रह गर्नुभयो । सरकार तथा आफ्नो तर्फबाट फाउन्डेसनलाई सक्दो सहयोग गर्ने प्रधानमन्त्रीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय