अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०२:१८ | Colorodo: 13:33

सरकारद्वारा २८ सय ७ सुरक्षाकर्मी शहीद घोषणा

बिआरटीनेपाल २०७५ माघ १५ गते ८:४० मा प्रकाशित

सरकारले द्वन्द्वकालमा मारिएका २ हजार ८ सय ७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सशस्त्र प्रहरीको १८औं वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले शहीद घोषणा गर्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँले शहीद दिवसको अवसरमा यस्तो घोषणा गरिएको बताउनुभयो ।

सबैभन्दा धेरै नेपाल प्रहरीका १ हजार ४४८, नेपाली सेनाका १ हजार १८, सशस्त्र प्रहरीका ३१८ र राष्ट्रिय अनुसन्धानका २३ जनालाई शहीद घोषणा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू