अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५९ | Colorodo: 14:14

प्रधानमन्त्री निवास अगाडि नेविसंघको प्रदर्शन, प्रहरी धरपकड, कैयौँ पक्राउ

बिआरटीनेपाल २०७५ माघ १५ गते ८:३९ मा प्रकाशित

प्रधानमन्त्री निवास वालुवाटार अगाडि प्रदर्शनमा उत्रेका नेपाल विद्यार्थी संघका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ । सरकार विरुद्ध नाराबाजी गरिरहेका उनीहरुलाई प्रहरीले धरपकड गरेको हो ।

डा. गोविन्द केसीसँग गरिएको सम्झौता तोडेको, आफ्ना नेता गिरिजा प्रसाद र शुसिल कोइरालाका नामका अस्पताल खारेज गर्न खोजेको लगायतका आरोप लगाउँदै कांग्रेसका भातृ संगठनहरुले लगातार प्रदर्शन गरिरहेका छन् । नेपाल विद्यार्थी संघले सोमबार पनि प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय