अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४६ | Colorodo: 21:01

एक दिवसीय क्रिकेटमा पारस खड्काले बनाए पहिलो सतक

बिआरटीनेपाल २०७५ माघ १४ गते ९:०३ मा प्रकाशित

नेपाली कप्तान पारस खड्का एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा नेपालको लागि पहिलो शतक बनाउने खेलाडी बन्नुभएको छ । युएईबिरुद्ध सम्पन्न एकदिवसीय सिरिज अन्तर्गत तेस्रो तथा निर्णायक खेलमा शतक बनाउँदै पारसले ऐतिहासिक उपलब्धि हाँसिल गर्नुभएको हो । शतक बनाउने क्रममा पारसले १३ चौका र १ छक्का प्रहार गर्नुभयो । ११५ रन बनाएर आउट भएका खड्काले १५ चौका प्रहार गर्नुभएको थियो ।

यसअघि नेपालका लागि एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा सोमपाल कामीले बनाएको सर्वाधिक व्यक्तिगत रनको रेकर्डसमेत तोड्नुभएको छ । सोमपालले गत वर्ष नेदरल्याण्डसंगको एकदिवसीय सिरिजमा ६१ रनको इनिंग खेल्नुभएको थियो । पारसले ११५ रन बनाउँदै उक्त कीर्तिमान तोड्नुभएको हो ।

यो सतक पारस खड्काले समग्र नेपाली राष्ट्रिय टिमको लागि प्रहार गरेको चौथो शतकसमेत हो । पारसले सन् २०१२ को एसीसी ट्रफी प्रतियोगितामा कुवेत बिरुद्ध पहिलो शतक प्रहार गर्नुभएको थियो । उहाँले ७७ बल खेल्दै ७ चौका र ४ छक्कासहित नटआउट १०६ रन बनाउनुभएको थियो ।

त्यसपछि सन् २०१६ को नेपालमै भएको आईसीसी बिश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाबिरुद्ध शतक प्रहार गर्नुभएको थियो । उहाँले ९४ बल खेल्दै ७ छक्का र ५ चौकासहित १०३ रन बनाउनुभएको थियो । गत वर्ष युएईबिरुद्धनै नामिबियामा आयोजित विश्व क्रिकेट लिग डिभिजन–२ को फाइनलमा पारसले व्यक्तिगत चौथो शतक बनाउनुभएको थियो । यस क्रममा पारसले १०३ बल खेल्दै ८ छक्का र ३ चौकासहित ११३ रन बनाउनुभएको थियो ।

प्रतिक्रिया