अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:५२ | Colorodo: 05:07

दिपक मनाङेको सपथ ग्रहण

बिआरटीनेपाल २०७५ माघ १४ गते ८:४८ मा प्रकाशित

मनाङ जिल्लाबाट प्रदेशसभामा निर्वाचित राजीव गुरुङ (दिपक मनाङे) लाई सपथ ग्रहण गराइएको छ । गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले उहाँलाई सपथ ग्रहण गराउनुभएको हो । स्वतन्त्र उम्मेदार बन्नुभएका मनाङे मनाङको प्रदेशसभा ख बाट निर्वाचित हुनुभएको थियो । निर्वाचित भएपछि ज्यान मार्ने उद्योगसम्बन्धी पुरानो मुद्दामा सर्वोच्चले गरेको फैसलाका कारण मनाङेको सपथ हुन सकेको थिएन ।

प्रदेशसभामा निर्वाचित भएपछि करिव ८ महिनासम्म जेल रहेका मनाङेलाई पछिल्लो समय सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएको थियो । अदालतको आदेशबाट छुटेपछि मनाङेले सपथका लागि प्रदेशसभा समक्ष निवेदन दिनुभएको थियो ।

समथग्रहणमा गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण महत, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेशसभाकी उपसभामुख सिर्जना शर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय