अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:१५ | Colorodo: 12:30

डा. केसीको जीवनरक्षाको माग गर्दै चिकित्सकहरूको रिले अनसन

बिआरटीनेपाल २०७५ माघ १४ गते ८:४० मा प्रकाशित

अनसनरत डा. गोविन्द केसीको जीवनरक्षा माग गर्दै चिकित्सकहरुले आज बाट रिले अनसन थालेका छन् । चिकित्सा शिक्षा सुधारलगायत माग राखेर गत पुस २५ देखि १६ औं अनसनमा रहेका केसीको माग पूरा गर्न सरकारले आनाकानी गरेको भन्दै नेपाल चिकित्सक संघले रिले अनसन सुरू गरेको हो ।

अनसन बसेपनि अस्पतालको सेवा सञ्चालन प्रभावित हुन नदिने संघले जनाएको छ । आलोपालो बसेर सेवा प्रभावित हुन नदिने संघका अध्यक्ष मुक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

सामवारदेखि शुरु अनसन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुनेछ । शिक्षण अस्पतालमा रिले अनशन शुरु भएसंगै उपत्यकाका चिकित्सकले त्रिवि शिक्षण अस्पताल र जिल्ला बाहिरका चिकित्सकले आफू कार्यरत अस्पताल वा संघको शाखा कार्यालयमा धर्ना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय