अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 20:58

एकदिवसीय सिरिजमा नेपाललाई ऐतिहाँसिक सफलता, युएई ४ विकेटले पराजित

बिआरटीनेपाल २०७५ माघ १४ गते ८:३० मा प्रकाशित

युएईविरुद्धको पहिलो एकदिवसीय सिरिजमा नेपालले जित हासिल गरेको छ । दुबईस्थित आइसिसी एकेडेमीमा भएको सिरिजको तेस्रो खेलमा नेपालले सोमबार युएईलाई ४ विकेटले पराजित गरेको हो। यो जितसँगै नेपालले सिरिज २–१ ले जितेको हो।

नेपालको जितमा कप्तान पारस खड्काको उल्लेखनीय योगदान रह्यो। उहाँले १५ चौका र एक छक्काको मद्दतले १०९ बलमा ११५ रन बनाउनुभएको थियो । एकदिवसीय क्रिकेटमा पारसको यो पहिलो शतक हो। नेपाललाई युएईले २५५ रनको चुनौती दिएको थियो।

उक्त चुनौती नेपालले ३२ बल बाँकी छदै पूरा गरेको हो। नेपालका लागि ओपनर तथा उपकप्तान ज्ञानेन्द्र मल्लले ३५ बलमा ३१, अर्का ओपनर बसन्त भण्डारीले १७ बलमा ९ रन बनाउनुभएको थियो । त्यस्तै, दिपेन्द्रसिंह ऐरीले ६ रन तथा सन्दिप जोराले २० बलमा १९ रन, रोहित पौडेलले २४ बलमा १६ रन बनाउनुभयो । अन्तिममा क्रिजमा रहेका सोमपाल कामी र आरिफ शेखले क्रमशः २६ र २१ रन बनाउनुभएको थियो ।

युएईका लागि सुरुमा ब्याटिङ गरेको युएईले पछिल्ला ओभरहरूमा अत्यन्तै आक्रमक ब्याटिङ गरेको थियो। नेपालका लागि करण केसी र पारस खड्काले समान २–२ विकेट लिनुभयो भने सोमपाल कामी र सन्दीप लामिछानेले १– १ विकेट लिनुभएको थियो ।

प्रतिक्रिया