अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४२ | Colorodo: 20:57

मनकामना केवुलकार पोखरा कपको तयारी अन्तिम चरणमा

बिआरटीनेपाल २०७५ माघ १२ गते ८:२१ मा प्रकाशित

छैटौ मनकामना केबुलकार पोखराको कपको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । पोखरामा पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारीका बारेमा जानकारी गराइएको छ । प्रतियोगितामा १४ वर्षपछि पोखराको मैदानमा अफ्रिकन टोली सहभागी हुने भएको छ । छैटौं संस्करणको मनकामना केवलकार पोखरा कप २०७५ मा क्यामरुनी टोलीको सहभागिता निश्चित भएको आयोजकले जनाएको छ ।

यसअघि पोखरामा तेस्रो आहा रारा गोल्डकपमा सहभागी भएको अफ्रिकन युनाईटेडले उपाधि नै उचालेको थियो । यसपटक क्यामरुनी टोली डाफिनास टिम प्रतियोगितामा सहभागी हुन लागेको हो । प्रतियोगितामा शहीद स्मारक लिगमा सहभागि भएका ए डिभिजन ९ र आयोजक पोखरा ११ गरी १२ टोलीले उपाधि होडका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।

मनकामना केवलकार पोखरा कप २०७५ का संयोजक हरि खड्काका अनुसार प्रतियोगितामा मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, संकटा क्लब, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बल, नेपाल पुलिस क्लब, हिमालयन शेर्पा, च्यासल तथा ब्रिगेड ब्वाईजको सहभागिता रहनेछ ।

छैटौं सस्करणमा पुरस्कार राशीलाई पाँचौ सस्करणको भन्दा झण्डै दुईलाख रुपैयाँ बृद्धि गरिएको छ । यो वर्षको विजेताले सात लाख ५५ हजार रुपैयाँ प्रदान गरिने निर्णय कास्की जिल्ला फुटबल संघले जनाएको छ । उपविजेताको हकमा भने चार लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिने छ ।

प्रतिक्रिया