अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३९ | Colorodo: 07:54

अमेरिकामा ३५ दिनदेखि प्रभावित सरकारी काम सुचारु

बिआरटीनेपाल २०७५ माघ १२ गते २:३४ मा प्रकाशित

अमेरिकामा ३५ दिनदेखि प्रभावित हुँदै आएको सरकारी काम अस्थायी रुपमा सुचारु भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्को राजनीतिक दबाबपछि इतिहासमै लामो समयसम्म अवरुद्ध भएको कामकाज अस्थायी रुपमा सुचारु गर्न सहमति जनाउनुभएसंगै सरकारी काम शुरु भएको हो ।

राष्ट्रपति ट्रम्पले आगामी फेब्रुअरी १५ सम्मका लागि संघीय सरकारलाई रकम उपलब्ध गराउने सहमति भएको बताउनुभएको छ । यो बीचमा दुईदलीय समितिको बैठक बसेर सीमा सुरक्षाका विषयमा विचार गरिने सहमति भएको छ ।

राष्ट्रपति ट्रम्पले कंग्रेससँग उचित सम्झौता नभए सरकारका काम पुनः बन्द हुने चेतावनी भने दिनुभएको छ । उहाँले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउन कंग्रेसले बजेट उपलब्ध नगराए पुनः काम ठप्प हुने र आपतकालीन अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिनुभएको हो ।
राष्ट्रपति ट्रम्पले बजेट निकासा नगरिदिएपछि संघीय सरकारका करिब ८ लाख कर्मचारीले विगत ३५ दिनदेखि तलव पाउन सकेका थिएनन् । कतिपय कर्मचारी अस्थायी रुपमा कामबाट निकालिएका थिए ।

अमेरिका र मेक्सिकोबीचको सीमामा पर्खाल लगाउन राष्ट्रपति ट्रम्पले ५ अर्ब ७० करोड डलर कंग्रेससँग माग गर्नुभएको थियो । तर सो रकम दिन डेमोक्र्या्टिक सांसदहरुले अस्वीकार गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू