अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:५३
| Colorodo: 08:08
दक्षिण पुर्वी ब्राजिलको एक फलाम खानीमा रहेको बाँध भत्किँदा कम्तिमा ९ जनाको ज्यान मृत्यु भएको छ । मिनास राज्यको व्रुमान्डिन्हो शहर नजिकै भएको घटनामा अन्य ३ सय जनाभन्दा बढी बेपत्ता भएको अधिकारीहरुले बताएका छन् । बेपत्ता भएकाहरुको जिवितै फेला पर्ने संभावना निकै कम रहेको अधिकारीहरुले बताएका छन् । बाँध फुटेका कारण हिलोसहितको पानी ग्रामीण क्षेत्रमा फैलिएको छ
सबैभन्दा बढी क्याफेटेरिया क्षेत्र प्रभावित भएको छ । बाँध फुटेपछि फसेकाहरुको उद्धारका लागि आपतकालीन उद्धार टोली पुगेको छ । बेपत्ता हुने मध्ये अधिकांश कामदार छन् । बाँध फुट्नुको कारण खुलेको छैन ।
तीन वर्षअघि एउटा बाँध भत्किँदा ब्राजिलको मिनास गेराइस राज्यकै अर्को गाउँमा १९ जनाको मृत्यु भएको थियो ।