अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:३३ | Colorodo: 08:48

बिना पाईलट यात्रु बोक्ने “ उबर एयर ” को पहिलो चरणको परिक्षण उडान सम्पन्न

बिआरटीनेपाल २०७५ माघ ११ गते ९:३२ मा प्रकाशित

ट्याक्सी ब्यवसायमा विश्वभर क्रान्ति ल्याउन सफल ‘उबर’ को विना पाईलट यात्रु बोक्ने हवाई यानको परिक्षण उडान सम्पन्न भएको छ । अधिकारीहरुका अनुसार यानको पहिलो चरणको परिक्षण उडान सम्पन्न भएको हो ।

ब्याट्रिबाट संचालित हावामा उड्ने ट्याक्सी ३० फिट लामो र २८ फिट चौडा छ भने यो हवाई यानले एक पटकमा ५० माईल्स सम्मको दुरी तय गर्ने छ । ठुलो ड्रोन जस्तो आकृतिको देखिने उक्त हवाई यानको परिक्षणको क्रममा यानलाई सिधा माथि र सिधा तल ल्याण्ड गरेर पहिलो चरणको सफल परिक्षण उडान गरिएको भिडियो बोईङ् कम्पनिले सार्वजनिक गरेको छ ।
आगामी ४ बर्ष भित्र क्यालिफोर्निया र टेक्ससबाट बिना पाईलट यात्रु बोकेर उड्ने योजना बनाएको “उबर एयर” को तयारीको लागि बोईङ् कम्पनीले भर्जिनिया स्थित मनाससमा यसको सफल परिक्षण उडान गरेको हो ।

उबरले यस अगाडि बिना चालक यात्रु बाहक गाडी समेत प्रयोगमा ल्याई सकेको छ, तर पछिल्लो समय एरिजोना राज्यमा गरिएको चालक बिनाको यात्रु बाहक कारको परिक्षणको क्रममा घातक दुर्घटना भए पछी उबरले यो योजना अगाडि बढाउन सकेको थिएन । एरिजोनाको परिक्षणले केही पछाडि धकेलिए पनि यो बर्षको अन्त्य सम्म उबरले पुन पेन्सलभानिया राज्यमा चालक बिनाको गाडी परिक्षण गर्ने जनाएको छ । उबरले सन २०२३ देखी अमेरिकाको आकाशमा पाईलट बिनाको हवाई यान मार्फत यात्रु वसार पसार गर्ने तयारी गरी रहेको छ । यो प्रोजेक्टलाई उबरले “ उबर एयर ” नाम दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू