अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१० | Colorodo: 02:25

नेपालको इन्द्रावती गाउँपालिका र अमेरिकाको सहर जर्सी बिच भगिनी सम्वन्ध स्थापित

बिआरटीनेपाल २०७५ माघ ११ गते ९:२३ मा प्रकाशित

नेपालको सिन्धुपाल्चोकमा अवस्थित इन्द्रावती गाउँ पालिका र अमेरिकाको जर्सी सिटी बिच भगिनी स्थापित भएको छ । न्युजर्सीमा आयोजित विशेष कार्यक्रम बिच सरोकार निकायका प्रमुखले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । नेपालको कुनै पनि गाउँपालिका र अमेरिकाको स्थानीय तहबिच भगिनी सम्बन्ध स्थापना भएको यो पहिलो अवसर हो ।

सम्झौता पत्रमा इन्द्रावती गाउँ पालिकाको तर्फबाट अध्यक्ष वंशलाल तामाङ र जर्सी सिटीका मेयर स्टेभिन फलोपले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार शिक्षा, कला संस्कृति, पर्यटन, आर्थिक सहयोग, सामाजिक विकासमा इन्द्रावती र जर्सीवीच दोहोरो सहयोग आदान प्रदान हुनेछ ।

आयोजित कायृक्रममा बोल्दै इन्द्रावती गाउँ पालिकाका अध्यक्ष वंशलाल तामाङ तामाङ्ले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनमा स्वदेश तथा विदेशका नगर सँग भगिनी सम्बन्ध राख्न पाउने व्यवस्था भए अनुसार यो सम्झौता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार विगत ६ महिना देखिको भगिनी सम्वन्ध स्थापित गर्ने प्रयासले अहिले सार्थकता पाएको हो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू