अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१८ | Colorodo: 08:33

पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने

बिआरटीनेपाल २०७५ माघ ११ गते ९:११ मा प्रकाशित

टर्कीको इस्तानबुलस्थित साउदी दूतावासमा हत्या गरिएका साउदीका पत्रकार जमाल खसोग्जीको हत्याको छानबिन संयुक्त राष्ट्र संघले गर्ने भएको छ ।संयुक्त राष्ट्रसंघले गैरन्यायीक हत्यासम्बन्धी समितिले अर्को साता टर्की गएर घटनासम्बन्धी छानबिन गर्ने भएको छ ।

त्यसमा तीन जना अन्य विज्ञले पनि साथ दिने जनाइएको छ । वासिङ्टन पोष्टमा कार्यरत खसोग्जीको गत अक्टोबरमा हत्या भएको थियो । टर्कीका विदेशमन्त्री मेल्भुट काभुसोग्लुले यो विषयमा अन्तर्रा्ष्ट्रिय छानबिन जरुरी रहेको बताए लगत्तै संयुक्त राष्ट्रसंघको टोलीले अनुसन्धान गर्न लागेको हो ।

जसमा फरेन्सिकसम्बन्धी विज्ञ पनि रहेका छन् । उनीहरुको नाम भने खुलाईएको छैन । छानबिन टोली साउदी अरेबिया पनि जाने वा नजाने भन्ने बारेमा भने खुलाइएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू