अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:१९ | Colorodo: 22:34

धनुषामा जन्ती बसमा करेन्ट प्रवाह हुँदा ७ जनाको मृत्यु, ३० जना घाईते

बिआरटीनेपाल २०७५ माघ ११ गते ९:०५ मा प्रकाशित

धनुषामा जन्ती बसमा करेन्ट प्रवाह हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । स्थानिय सबैला नगरपालिका –४ स्थित बल्टिया टोलमा जन्ती चढेको बस ११ हजार भोल्टेजको करेन्ट प्रवाह भएको तारमा छुइन पुग्दा ७ जनाको मृत्यु भएको छ । विद्युत् हाइटेन्सन लाइनको तारले बा ५ ख १७५२ नम्बरको बस छोएपछि यात्रुलाई करेन्ट लागेर ज्यान गएको हो ।

घटनामा २ बालक र स्थानीय १ महिलाको समेत जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय, सबैलाले जनाएको छ । करेन्टले बसमा छुँदा आगो लागेपछि बेहुलाका दाजुको पनि जलेर मृत्यु भएको छ । अन्य करिव ३० जना जलेर घाइते भएका छन् । घाइते मध्ये आधाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा लगिएको छ ।

सिन्धुलीको दुधौली नगरपालिकाबाट शुक्रबार विहान बल्टियामा जन्ती आएको थियो । वैवाहिक कार्यक्रम सम्पन्न भएपछि साँझ करिब सात बजे जन्ती फर्किन लागेको थियो । सोही क्रममा बेहुली पक्षबाट कोसेली स्वरुप दिइएको जस्ताको बाकस (बसको छतमाथि राखिएको) मा ११ हजार भोल्टेज रहेको बिजुलीको तारले छोएपछि घटना भएको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरिक्षक अवधलाल यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू