अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०२ | Colorodo: 12:17

डा. केसीलाई नेकपा नेता योगेश भट्टराईको सुझाव –अनसनबाट बाहिर निस्कनोस, खुसीयाली मनाउनोस्

बिआरटीनेपाल २०७५ माघ ११ गते ८:४८ मा प्रकाशित

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले चिकित्सा शिक्षा विधेयक पास भएसँगै डा गोविन्द केसीको शतप्रतिशत जित भएको बताउनु भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोध र होहल्लाबीच आजको प्रतिनिधिसभा बैठकले विधेयक पास गरेपछि नेता भट्टराईले डा केसीलाई यस्तो सुझाव दिनुभएको हो ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै भट्टराईले अनशनको औचित्य सकिएको र डा केसीको जीत भएको ठोकुवा गर्नुभयो । उहाँले अब डा. केसीले जीन्दगीभर अनसन बस्नु नपर्ने ठोकुवासमेत गर्नुभयो । “‘विधेयक पारित भएसँगै अव डा केसीमाथि राजनीति गर्ने दिन पनि समाप्त भयो । सबै नेपालीको जित भएको छ,” नेता भट्टराईको भनाई थियो ।

उहाँले कांग्रेस नेता गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना भएका अस्पताल कुनै हालतमा विचल्लीमा नपर्ने धारणासमेत राख्नुभयो । यसअघि नै नेता भट्टराईले कांग्रेस नेताको नामका अस्पताल चल्ने तर सम्पत्ति कसैलाई हडप्न नदिने बताइसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय