काठमाडौँ । कुनै समयको चर्चित गीत “काफलगेडी कुटुक्कै” नसुन्ने सायदै कोही नहोलान् । “कम्मर बारुलै”को चर्चा पनि आफ्नै ठाउँमा छ । यस्तै यस्तै खालका चर्चित गीत गाएर नेपाली लोक गीत सङ्गीतमा राम्रो स्थान बनाएर एकाएक हराएका गायक महेश बुढाथोकीको आवाजमा फेरि पनि अर्को एउटा मिठो गीत सार्वजनिक भएको छ । उनको स्वरमा रहेको “माया नमार पथरी बजार” बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
नयाँ कलाकारहरूलाई हौसला दिँदै पुराना कलाकारहरूलाई सम्मान र संरक्षण दिनु पर्छ भन्ने मूल मान्यताका साथ लगातार गीति भिडियोहरू सार्वजनिक गरी रहेको पूर्वेली जुन तारा म्युजिक प्रा.लि.को व्यवस्थापनमा सार्वजनिक भएको यस गीतमा शब्द तथा सङ्गीत पनि गायक स्वयमकै रहेको छ । उज्ज्वल तामाङको छायाङ्कनमा सुमन तामाङले निर्देशन गरेको भिडियोमा दिनेश कोइराला र अन्जु मगरले अभिनय गरेका छन् भने हेमन तामाङले भिडियोको सम्पादन गरेका छन् ।
Video:
https://www.youtube.com/watch?time_continue=3&v=FgsHE4TyPBI