अमेरिकी सिनेटर कमला ह्यारिसले आगामी वर्ष हुने राष्ट्रपतिय निर्वाचनका लागि उम्मेदवारी घोषणा गर्नुभएको छ । डेमोक्रेटिक पार्टीतर्फबाट उहाँले उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले अमेरिकी मूल्य मान्यताका लागि र आगामी दिनमा अमेरिका आफैँमा भर पर्नुपर्छ भन्ने पक्षमा उभिँदै आफूले राष्ट्रपतिका लागि उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।
सामाजिक सञ्जाल ट्वीटरमा राखेको भिडियो सन्देश मार्फत् ह्यारिसले उम्मेदवारी घोषणा गर्नुभएको हो । सान फ्रान्सिस्कोका लागि २००४ देखि २०११ सम्म दुई कार्यकाल जिल्ला प्रतिनिधि रहीसकेकी ह्यारिस दुई पटक क्यालिफोर्नियाको आम निर्वाचनमा पनि निर्वाचित हुनुभएको थियो ।
अमेरिकामा झन्डै २२ महिना पछि सन् २०२० मा राष्ट्रपतीय निर्वाचन हुँदै छ । त्यसका लागि अन्य नेताहरुले पनि उम्मेदवारी घोषणा गरेका छन् भने उम्मेदवारी घोषणा गर्ने क्रम चलिरहेको छ ।