अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:२१ | Colorodo: 20:36

कांग्रेस तनहुँमा विभाजन, नेता गोविन्दराज जोशी पक्षको छुट्टै जिल्ला कार्यसमिति निर्माण

बिआरटीनेपाल २०७५ माघ ८ गते ८:४४ मा प्रकाशित

नेपाली कांग्रेस तनहुँमा बिभाजन आएको छ । जिल्ला कार्यसमिति असक्षम भएको भन्दै पार्टीका पूर्वसह–महामन्त्री गोविन्दराज जोशीले विशेष अधिवेशन आव्हान गरी नयाँ कार्यसमिति निर्माण गरेपछि पार्टीमा भउको विभाजन स्पष्ट देखिएको हो । अधिवेशनको मङ्गलबार उद्घाटन गर्दै नेता जोशीले वर्तमान जिल्ला कार्यसमिति इतिहासकै असक्षम भएको भन्दै विशेष जिल्ला अधिवेशन आयोजना गरिएको बताउनुभयो ।

सक्कली कांग्रेस आफू भएको दाबी गर्दै नेता जोशीले कार्यकर्तालाई विचलित नहुन आग्रह समेत गर्नुभएको छ । जोशीले आव्हान गरेको विशेष अधिवेशनबाट डिल्लीराम अधिकारीको सभापतित्वमा जिल्ला कार्यसमिति चयन गरेको छ । कार्यसमितिको सचिवमा चिनु पोखरेल, कोषाध्यक्षमा बालकृष्ण पौडेल चयन भएको अधिवेशनका निर्वाचन अधिकृत हरिशरण पण्डितले जानकारी दिनुभयो ।

नेपाली कांग्रेस पार्टी कार्यालयमा गएर नवगठित पदाधिकारी तथा सदस्यलाई पदस्थापन गर्ने भनिए पनि नेपाली कांग्रेस तनहुँले जोशी पक्षलाई प्रवेश गर्न नदिएपछि उक्त योजना सफल हुन नसकेको बताईएको छ । नेपाली कांग्रेस तनहुँले विशेष अधिवेशन पार्टीको विधि र विधान विपरीत भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय