अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०० | Colorodo: 07:15

हयारी भण्डारीलाइ वधाई गर्न आयोजित भिक्टी सेलेब्रेसन पार्टी सम्पन्न

बिआरटीनेपाल २०७५ पुष २४ गते १९:५४ मा प्रकाशित

वाल्टिमोर गत नोभेम्वर महिनाको ६ तारिखमा सम्पन्न निर्वाचनमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक आठवाट हाउस अफ डेलिगेटमा निर्वाचित हुनुभएका हयारी भण्डारीलाइ वधाई ज्ञापन तथा स्वयसेवक तथा दाताहरु वीच एक शुभकामना आदान प्रदान गर्न आयोजित भिक्टी सेलेवे्रशन पार्टी सम्पन्न भएको छ । उक्त कार्यक्रममा सहभागीहरुले अमेरिकाको राजनीतिमा नेपाली मूलको सहभागिता वढाउन आगामी दिनमा थप काम समेत गर्नको लागि संस्थागत रुपमा अगाडि वढन समेत आग्रह गरेका छन् ।

कार्यक्रममा उपस्थित भएका निर्वाचित प्रतिनिधीहरु, डेमोक्रयाट पार्टीकी मेरिल्याण्ड स्टेटकी केन्द्रीय अध्यक्ष लगायतले हयारीको विजयले एक ईतिहास रच्न सफल भएको वताए । 

मेरिल्याण्ड स्टेटकी डेमोक्रयाट पार्टीकी केन्द्रीय अध्यक्ष माआरकी कमिङ्गसले आफनो सम्बोधनको क्रममा भन्नुभयो – “हयारी भण्डारीको विजयले म निकै उत्साहीत भएकी छु, किनकि हयारी जस्तो नयाँ व्यक्ति हाउस अफ डेलिगेट वनेका छन। माआरकीले अगाडि थप्नुभयो – हयारी पहिलो नेपाली अमेरिकन पनि हुन भन्ने थाहा पाएपछि हामीहरुको पार्टीको विविधतको जीतको रुपमा लिएकी छु । ”

माआरकी भन्नुभयो -हयारी यस्तो व्यक्ति हुन जो एक जना पार्टीको सेन्टल मेम्वर पनि छन र कडा परिश्रम गर्छन, उनी जस्तो व्यक्ति यही कारणले यो विजय हासिल गर्न सफल भएका छन भने उनको जीत डेमोक्रयाट पार्टीको लागि अर्को उत्साहीत वनाउने क्षण पनि हो । हयारी आफूलाई समुदायको हीतमा सदैव समर्पित गर्न चाहन्छन । माआरकीले अगाडि भन्नुभयो -उनलाई हाउस अफ डेलिगेटमा स्वागत गर्न पाएकोमा हामीहरु निकै उत्साहित छौं । 

अर्का डेलिगेट तथा वाल्टिमोर डेलिगेशन चेयर प्याट योङ्गले हयारीलाई वधाई दिदै भन्नुभयो -म जुन वेला योङ्ग डेमोक्रयाटमा काम गरेको थिए, त्यो वेला देखि हयारीलाई चिन्छु , वाल्टिमोर डेलिगेशन चेयरको हैसियतले उनलाई यो विजयीको लागि हार्दिक वधाई पनि दिन चाहन्छु । हयारी एक कडा मेहनत गर्ने व्यक्ति हुन, उनले २०१४ मा हारेका थिए तर उनको कडा परिश्रम गरेकै कारण आज यो सफलता हात परेको छ । म हयारीलाई एउटा समुदायको लागि काम गर्ने एक शिक्षक रुपमा जान्दछु अव उनको परिचय पहिलो नेपाली अमेरिकन डेलिगेट वनेर एउटा ईतिहास वनाउन सफल भएका छन, यो वाल्टिमोर काउन्टीको लागि पनि गर्व हो ।

आफनो विजय पश्चात औपचारिक रुपमा पहिलो पटक सम्बोधन गर्दे भण्डारीले भावी पिढीको लागि उत्प्रेरक वन्ने तरिकाले काम गर्ने वताउनु भयो , आफनो संक्षिप्त मन्तव्यमा भण्डारीले एउटा वयष्क व्यक्ति अमेरिकामा आएर संघर्ष गर्दे यो स्थानमा पुग्न सक्छ भने यही माटोमा जन्मिएको नेपाली अमेरिकीले भोलि यो देशको उच्च तहमा पुग्न सक्छ भन्ने विश्वासका साथ काम गर्नुपर्ने वताउनुभयो । उहाँले आफूले भावी पिढीलाई उत्प्रेरणा दिनका लागि र उनीहरुलाई अगाडि वढाउन नेपाली समुदायसँग सहकार्य गर्न सदैव तत्त्पर रहेको वताउनुभयो । 

भण्डारीले भन्नुभयो –” एनापोलिसको भवनमा वसेर मैले विधायकको रुपमा काम गर्दे गर्दा भावी पिढीलाई तिमीले पनि गर्न सक्छौ भन्ने विश्वास दिलाउन आफना नानीवावुलाई लिएर उक्त ऐतिहासिक भवनमा आउन अनुरोध गर्दछु । ”

मलाई अमेरिकी र मेरो क्षेत्रका मतदाताले विजयी गराएका हुन उनीहरुको चासो र सरोकार मेरो पहिलो प्राथमिकता हो तर म अमेरिकामा रहेका नेपालीहरुको लागि हरेक तरिकाले सहयोग गर्न तयार रहेको छु आफनो सम्बोधनको क्रममा भण्डारीले भन्नुभयो ।  भण्डारीले आफनो कार्यालयमा नेपाल र अमेरिकाको झण्डा समेत राख्ने जानकारी दिनुभएको छ । अमेरिकाको टेक्सास ,विसकन्सिन, न्यूयोर्क, भर्जिनिया ,न्यूजर्सी लगायतका स्थानवाट आएका नेपाली अमेरिकनहरुले आफूहरु अहिले गौरव महसुस गरेको वताए ।

उनीहरुको भनाई थियो-” यो अवसरको भूमिमा हामीहरुको सहकार्यमा आगामी दिनमा अझ माथिकोमाथिल्लो ईकाईमा समेत पुग्नु पर्नेछ ।” मेरिल्याण्डमा रहेका विभिन्न संघसंस्था तथा अमेरिकामा रहेका राष्ट्रि समन्वय समितिमा रहेका व्यक्तिहरुको वाक्लो उपस्थितमा भएको कार्यक्रममा युवा युवती स्वयंसेवकहरुले पनि भण्डारीलाई वधाई दिएका थिए ।

कार्यक्रममा सहभागिता जनाउन न्यूयोर्क,न्यूजर्सी,भर्जिनिया,विसकन्सिन,टेक्सास लगायतका स्थानवाट समेत विभिन्न् व्यक्तित्वहरु सहभागी भएका थिए । कार्यक्रममा सहभागी भएर आफनो शुभकामना दिनुहुनेहरु वानाकी अध्यक्ष अनु वन्त,चितवन समाजका आनन्द घिमिरे, म्याग्दी समाजका ईन्द्र थापा, गुरुङ्ग समाजको तर्फवाट ईशा गुरुङ्ग, कास्की समाजका कूल गुरुङ्ग,नासो कम्युनिटीका गोपाल विश्वकर्मा, नेजाका पूर्व अध्यक्ष गौतम दाहाल,पर्वत समाजका रुद्र गुरुङ्ग ,आईएनएलएसका भरत वराईली,प्रवासी मञ्चका प्रभु थापा,एनआरएनका अध्यक्ष दर्गा श्रेष्ठ राप्रपाका सहमहामन्त्री प्रेम श्रेष्ठ, फ्रेण्डस अफ हयारीका तरुण पौडेल, टिसिसीका नारायण गुरुङ्ग,सूदूर पश्चिम समाजका पदम शाही, टुकराज शर्मा, महेश भट्टराई ,युथ स्पोर्टसका रमेश भट्ट,भलिवल टीमको तर्फवा धु्रव गिरीले वधाई दिनएका थिए । रिसर्च सेन्टरका डा उत्तम गौली,डा कृष्ण विष्ट,मधुकर अधिकारीले वधाई तथा शुभकामना सन्देश दिएका थिए । फ्रेण्डस अफ हयारीको तर्फवाट अर्जुन हमालले सञ्चालन गर्नुभएको कार्यक्रममा डा.श्याम कार्कीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यसै गरी विभिन्न राज्यवाट आएका रेणु शर्मा तथा धनिराम सापकोटा (न्यूजर्सी ), एनआरएनका एनसिसिका वोर्ड अफ डाईरेक्टर डा .अर्जुन वन्जाडे, केन्द्रीय उपाध्यक्ष सुनिल शाह,उपाध्यक्ष जेदू पोख्रेल टेक्सास, सूर्य लम्साल न्यूयोर्क ,गोपेन्द्र भट्टराई, एनआरएन विसकन्सिका अध्यक्ष बुद्धि सुवेदी भर्जिनियाका देश राज सम्योक,कृष्ण भण्डारी,कविन्द्र सिटौंलाल,डा.लक्ष्मी कान्त गौडेलले भण्डारीलाई वधाई दिएका थिए । यसैगरी कार्यक्रममा उपस्थित चाँगुनारायण नगरपालिकाका मेयर सोम प्रसाद मिश्र र नेपालवाट आएका रामवावु अधिकारीले पनि भण्डारीको स्वागत गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू