अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 03:05

अमेरिकी इमिग्रेसन सम्बन्धि कानुनी परामर्श तथा सवाल जवाफको कार्यक्रम सम्पन्न

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ पुष २३ गते ०:०४ मा प्रकाशित

रक्की माउन्टेन फ्रेन्ड अफ नेपालको आयोजनामा कोलोराडोमा अमेरिकी अध्यागमन (इमिग्रेसन) सम्बन्धित कानुनी परामर्श तथा सवाल जवाफको कार्यक्रम सम्पन्न भएको छ । न्यु योर्कका एटर्नी वासुदेव फुलाराले प्रत्यक्ष सहभागी तथा अनलाइन मार्फत सोधिएका इमिग्रेसन (अध्यागमन) सम्बन्धी जिज्ञासालाई समाधान गर्दै ईमिग्रेण्टहरुलाई मुख्य आई पर्ने समस्याहरू र त्यसका समाधानका उपायहरू बारे बताएका थिए । कार्यक्रममा सहभागीहरूले टिपीएस, विभिन्न भिसामा अमेरिका छिरेरहरुको स्टाटस चेन्ज गर्दा अपनाउनु पर्ने तरिकाहरू, ग्रिन कार्ड होल्डरहरू नेपालमा ६ महिना भन्दा बढी बस्दा पर्ने समस्या, सिटिजन भएकाले आफ्ना आफन्तलाई लिएर आउने जस्ता प्रक्रिया र कागजपत्रका बारेमा प्रश्न गरेका थिए । 

कार्यक्रमको सुरुवात रक्की माउन्टेन फ्रेन्डस अफ नेपाल अध्यक्ष विनोद त्रिपाठीले उपस्थित सम्पूर्णलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संस्थाका माहसचिब टिका पौडेलले गरेका थिए ।

महा-वाणिज्य दूत प्रेमराजा महतले कार्यक्रम आयोजना गरेकोमा संस्थालाई धन्यवाद दिएका थिए भने प्रसिद्ध देउडा गायक नन्द कृष्ण जोशीले नेपालमा धेरै कम मात्रले भिसा पाएको किन यस्तो भएको यसको लागि यहाँका संस्थाहरूले केही पहल गर्न सक्ने प्रावधान छ कि छैन भनेर प्रश्न गरेका थिए । नेपाल अमेरिका पत्रकार सङ्घका महासचिव किरण मरहट्टाले आयोजक संस्थालाई धन्यवाद दिएका थिए । कार्यक्रममा एएनए अध्यक्ष मेदिनी अधिकारीको पनि उपस्थित थियो ।

अन्तमा सामूहिक तस्बिर लिए पछि महासचिव पौडेलले कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको बिआरटी नेपाल डट कम फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय