अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२४ | Colorodo: 01:39

मेक्सिको बोर्डरमा पर्खाल लगाउन तयार नभए अमेरिकामा संकटकाल लगाउने राष्ट्रपति ट्रम्पको चेतावनी

बिआरटीनेपाल २०७५ पुष २१ गते ८:३९ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्रेट्स पार्टी मेक्सिकोको सिमानामा पर्खाल लगाउन तयार नहुने हो भने अमेरिकामा संकटकाल घोषणा गर्ने चेतावनी दिनुभएको छ । ‘डेमोक्रेट्स’पार्टीका विधायकलाई लक्षित गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो ।

मेक्सिकोको सीमामा पर्खाल लगाउन ट्रम्पले पहिलेदेखि नै कोष स्थापना गर्नुपर्ने प्रस्ताव गर्दै आउनुभएको छ । पर्खाल लगाउनको लागि कोष स्थापना गर्न डेमोक्रेट्स विधायकहरु तयार नभएपछि ट्रम्पले यस्तो चेतावनी दिनुभएको हो ।
‘हो मैले भनेँ,’ ट्रम्पले पत्रकारहरुसँग भन्नुभयोे, ‘यस्तो होला जस्तो लाग्दैन मलाई । तर मैले तयारी चाहिँ गरेको छु ।’ ट्रम्पले गरेका बाचामध्ये एक महत्वकांक्षी योजनाको रुपमा मेक्सिकोको सीमामा पर्खाल लगाउने पनि एक हो । जुन योजनालाई डेमोक्रेट्सले साथ दिएको छैन ।

यस्तैमा ट्रम्पले संकटकाल घोषणा गर्ने चेतावनी दिनुभएको हो । ट्रम्पले पर्खाल लगाउन चाहिने कोषका लागि भन्दै ५ अर्ब डलर भन्दा बढी रकम छुट्याउन प्रस्ताव गर्दै आउनुभएको छ । सिरियाबाट अमेरिकी सेना फिर्ता गर्ने घोषणापछि आफ्नै निकटस्थबाट आलोचित बनेका अमेरिकी राष्ट्रपतिलाई पछिल्लो तयारीले झनै दबाव सिर्जना गरेको छ ।

प्रतिक्रिया