अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२७ | Colorodo: 01:42

अमेरिकाद्वारा आफ्ना नागरिकलाई चीन भ्रमणमा सचेत रहन अपिल

बिआरटीनेपाल २०७५ पुष २० गते ८:३५ मा प्रकाशित

चीनले आफ्ना उच्च तहका नागरिकलाई गिरफ्तार गरेपछि अमेरिकाले चीन भ्रमणमा रहेका अमेरिकी नागरिकलाई सतर्कता अपनाउन अपिल गरेको छ । अमेरिकी विदेश विभागले बक्तव्य जारी गर्दै अति आवश्यक काम भएमात्र आफ्ना नागरिकलाई चीन भ्रमणमा जान अपिल गरेको हो । चीनले आफ्नो देशमा रहेका अमेरिकी उच्च अधिकारी माइकल कोवरिङ र अमेरिकी ब्यापारी माइकल स्पावोरललाई चीनको राष्ट्रिय सुरक्षामाथि खेलवाड गरेको आरोपमा पक्राउ गरेको उल्लेख गर्दै अमेरिकाले यस्तो अपील गरेको हो ।

देशको कानुन तोडेको आरोप लागेका यी दुई अमेरिकी नागरिकलाई बिना कारण पक्राउ गरिएको भन्दै अमेरिकाले खेद प्रकट गरेको छ भने यस सम्वन्धमा चीनले कुनै प्रतिक्रिया जनाएको छैन । चीनले पछिल्लो समय चीन र अमेरिकाको नागरिकता भएका नागरिकलाई पनि गिरफ्तार गर्न सक्ने भन्दै अमेरिकाले अमेरिकी पासपोर्टमा मात्रै भिसा लगाई चीनको यात्रा गर्न पनि अपिल पनि गरेको छ । चीनले यसअघि अवैधरुपमा चीनमा बसोबास गरेको भन्दै क्यानडाका एक शिक्षकलाई चार दिन हिरासतमा राखी गत सातामात्रै रिहा गरेको थियो ।

प्रतिक्रिया