अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 07:41

अन्तर्राष्ट्रिय टोपी दिवसको नेपाली संस्कृति तथा सद्भावना राजदूत २०१९ को मानार्थ उपाधि फ्रान्सका निर्मल अर्याललाई

बिआरटीनेपाल २०७५ पुष १९ गते १२:२७ मा प्रकाशित

‘हाम्रो टोपी, हाम्रो शान, नेपालीको पहिचान’ नाराबाट सुरु गरिएको छैटौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको अवसरमा विश्वभर रहनु भएका नेपालीको तर्फबाट प्रतियोगितामा झन्डै दुई हजार पाँच सय तस्बिरहरू प्राप्त भएका थिए।

प्रथम स्थान प्राप्त गर्ने फ्रान्सको राजधानी पेरिसमा बसोबास गर्ने निर्मल अर्याललाई मानार्थ ‘नेपाली संस्कृति तथा सद्भावना राजदूत २०१९’ को उपाधिले सम्मान गरिएको छ ।

स्मरण रहोस् गत वर्षको उपाधि दिनेश बाला श्रेष्ठ (इटली) लाई प्राप्त भएको थियो। यो मानार्थ उपाधि फोटो प्रतियोगितामा प्रथम स्थान हासिल गरेको मात्र नभई विदेशमा रही नेपाली संस्कृति र परम्पराको संरक्षण गर्दै आएका एक नेपाली युवकलाई प्रदान गरिएको छ।

आफूलाई नेपाली मात्र होइन गोर्खाली समेत भन्न रुचाउने निर्मल अर्यालको जन्म आज भन्दा झन्डै ४० वर्ष अघि नेपालको गोरखा जिल्लामा भएको थियो।

प्रतिक्रिया