अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:५६
| Colorodo: 11:11
पूर्वयुवराज पारस शाह आफ्नो जन्मदिनको अवसर पारेर चितवन पुग्नुभएको छ । सहयोगीसहित हवाईमार्ग हुँदै आइतबार दिउँसो चितवन जानुभएका पूर्वयुवराज शाहलाई राजावादीले भरतपुर विमानस्थलमा स्वागत गरेका थिए । पारसको स्वागतका लागि आएकाहरुले ‘राजा आउ देश बचाउ’ भन्दै नारा लगाएका थिए ।
पूर्व युवराज पारससँग तस्वीर खिचाउनेहरुको पनि विमानस्थलमा भीड लागेको थियो । गाडी नै रोकेर सेल्फी खिच्नेहरु पनि उत्तिकै थिए । विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु समेत उहाँको स्वागतमा उपस्थित थिए । पश्चिम चितवनको एक गुम्बाको कार्यक्रममा सहभागी हुन र जन्मदिन मनाउन उहाँ चितवन जानुभएको उहाँका सहयोगीले बताएका छन् ।