अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३१
| Colorodo: 04:46
अमेरिकाका ज्येष्ठ नागरिक रिजर्ड ओभरटनको ११२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी सेनाका वरिष्ठ अधिकृत रहिसकेका ओभरटनको शुक्रबार क्यानडामा निधन भएको हो ।
३० वर्षको उमेरमा अमेरिकी सेनामा प्रवेश गरेका ओभरटनले सन् १९४१ मा जापानले अमेरिकामा गरेको आक्रमणविरुद्ध महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् १९०६ मा जन्मिएका उनी अस्टिनमा बसोबास गर्दै आएका थिए ।
गत वर्षमात्रै १११औं जन्मदिन मनाएका ओभरटनलाई सन् २०१३ मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले ‘भेट्रान्स डे’मा सम्मान गर्नुभएको थियो ।