अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:५४
| Colorodo: 06:09
विप्लव नेतृत्वको नेकपाले नयाँ ढङ्गले जनयुद्ध गर्ने जनाएको छ । चिनियाँ क्रान्तिका नायक माओत्सेतुङको १२६ औँ दिवसको अवसरमा काठमाडौँमा बुधबार भएको कार्यक्रममा नेकपाका नेता हेमन्तप्रकाश ओलीले अबको जनयुद्ध पुरानो तरिकाले बन्दुक बोकेर नभई मिसाइल आक्रमणमार्फत् हुने बताउनुभयो ।
नेता ओलीले अबको मुख्य लडाई नेकपा र त्यसका अध्यक्ष प्रचण्डबिरुद्ध केन्द्रीत हुने पनि बताउनुभयो । वर्तमान सरकार असफल भइसकेको भन्दै उहाँले सुन काण्ड र निर्मला पन्त जस्ता काण्डमा सरकारकै मानिस संलग्न भएको आरोप लगाउनुभयो ।
फरक प्रशङ्गमा प्रधानमन्त्री केपी ओलीले आफूहरुलाई सिके राउतसँग तुलना गरेकाले वार्तामा नआएको उहाँले स्पष्ट पार्नुभयो । सत्तापक्ष कमजोर नबनाएसम्म वार्ता गर्नुको औचित्य नहुने ओलीको भनाई थियो ।