अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३९ | Colorodo: 22:54

इन्डोनेसियामा सुनामी, समवेदनाको साटो नेपालले दियो बधाई

बिआरटीनेपाल २०७५ पुष ११ गते ५:५३ मा प्रकाशित

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि आएको सुनामीबारे नेपालको परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा त्रुटि गर्दै समवेदनाको साटो बधाईको सन्देश दिएको छ । परराष्ट्रले राष्ट्रपति विद्यादेवी भण्डारीको नाममा गणतन्त्र इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोलाई पठाएको सन्देशमा यस्तो त्रुटी भएको हो ।

त्रुटिपूर्ण बिज्ञप्ति

सन्देशमा राष्ट्रपतिले नेपालका तर्फबाट समवेदना र गहिरो दुख व्यक्त गरेको उल्लेख छ । यसैबीच परराष्ट्र मन्त्रालयले असावधानीवश गल्ती भएको स्वीकर गर्दै उक्त विज्ञप्तिलाई सच्चाएको छ ।

सच्याईएको बिज्ञप्ति

इन्डोनेसियामा शनिबार ज्वालामुखी विस्फोट भएपछि सुनामी आउँदा हालसम्म चार सय भन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय