धरान निर्माण व्यवसायीहरूले समयमै निर्माण सम्पन्न नगरी आयोजनाहरू अलपत्र पार्ने गरेको गुनासो आइरहेको बेला रसुवा कन्स्ट्रक्सन कम्पनीले भने आफ्नो जिम्मामा रहेका आयोजनहरुलाई भटाभट सम्पन्न गरी सम्झौता अवधि भन्दा एक, ढेड वर्ष अधीनै सरकारलाई हस्तान्तरण गरिरहेको छ।
घरान हेटौडा चतरा खण्डको सार्दु खोला र ठकुरी खोलामा निर्माणधिन पुल पनि सम्झौता अवधि भन्दा एक वर्ष अधीनै निर्माण सम्पन्न गरी हस्तान्तरण गर्ने अवस्थामा पुगिसकेको छ। २ सय ५० मिटर लम्बाइको सार्दु खोलाको र २५ मिटर लम्बाइको ठकुरी खोलामा निर्माणाधिन पुलको काम ९५ प्रतिशत सकिएको सडक विभागले जनाएको छ।
गत वर्षको माघ १० गतेबाट निर्माण सुरु गरिएको सो दुई पुलको सम्झौता अवधि २०७६ माघ सम्म रहेको रसुवा कन्स्ट्रक्सनका परियोजना प्रमुख राममणि आचार्यले जानकारी दिनु भयो।
अबको एक महिना भित्र निर्माण सम्पन्न भई सक्ने उहाँले बताउनु भयो । धरान, हेटौडा, चतरा खण्ड अन्तरगत रसुवा कन्स्ट्रक्सन कंम्पनिले ४२ वटा पुल निर्माण गरिरहेकोमा ४ वटा पुल सम्झौता अवधि भन्दा डेढ वर्ष अधीनै सम्पन्न गरी हस्तान्तरण गरिसकेको छ भने अन्य पुलहरू पनि सम्झौता अवधि भन्दा एक डेढ वर्ष अधीनै सम्पन्न गरी हस्तान्तरण गर्ने अवस्थामा रहेको उहाँले जानकारी दिनु भयो ।