अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

जनयुद्धका घाइते तथा अपाङ्गहरुको अनसन तोडियो, सरकारसँग ४ बुँदे सहमति

बिआरटीनेपाल २०७५ पुष ९ गते ८:४३ मा प्रकाशित

मंसिर २७ गतेदेखि विभिन्न माग राखी अनसनमा बसेका जनयुद्धका घाइते तथा अपाङ्ग योद्धाहरुले अनसन तोडेका छन् । सोमबार गृहमन्त्रालयमा भएको सरकार र अनसनरत योद्धाहरुबीचको दुई पक्षीय सहमतिपछि उनीहरुले अनसन तोडेका हुन् । सरकार र अनसनरत घाइते तथा अपाङ्ग योद्दाहरुबीच ४ बुँदे सहमति समेत भएको छ ।

सहमतिमा जनयुद्धका गम्भीर घाइते तथा अपाङ्गहरुको तत्काल उपचार गरिने, नेपाल मेडिकल बोर्डले देश बाहिर उपचार गर्न सिफारिस गरेका घाइते, अपाङ्गहरुलाई तत्काल उपचारका लागि पहल गर्ने, घाइते–अपाङ्गहरुको अनशन र उपचारको क्रममा भएको खर्चको बिल भर्पाई सरकारले ब्यहोर्ने, थुनामा रहेका युवराज विकलाई आजै रिहा गर्ने लगायतका सहमति भएको छ ।

वार्तामा सरकारको तर्फबाट गृहमन्त्रालयका सहसचिव इन्दु घिमिरे नेतृत्वको टोली र अनसनरत योद्धाहरुको तर्फबाट ५ जनाको सहभागिता रहेको थियो । राजधानीको माइतीघर मण्डलामा अनसनरत उनीहरुलाई अनसनकै बीचमा अस्पतालमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू

लोकप्रिय