अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:३४ | Colorodo: 04:49

अफगानिस्तानमा तैनाथ अमेरिकी सेना फिर्ता गर्ने तयारी

बिआरटीनेपाल २०७५ पुष ७ गते ८:२७ मा प्रकाशित

अमेरिकाले अफगानिस्तानमा तैनाथ आफ्ना सेना फिर्ता गर्ने तयारी गरेको छ । अफगानिस्तानमा रहेका करिब आधा अर्थात् ७ हजारलाई सैनिक फिर्ता लैजाने तयारी अमेरिकाले गरेको हो । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता गर्ने घोषणा गरेलगत्तै अफगास्तानबाट पनि आधा सैनिक फर्काउने तयारी गरेको समाचार सार्वजनिक भएको हो ।

राष्ट्रपति ट्रम्पले आफ्नो चुनावी अभियानका क्रममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता ल्याउने प्रतिबद्धता जनाउनुभएको थियो । अमेरिकी रक्षा मन्त्रालयले आागमी वर्षको मध्यसम्ममा करिब ७ हजार सेना फिर्ता लैजाने तयारी गरेको हो । अमेरिकी अधिकारीहरुले भने यसबारे निर्णय नभइसकेको बताएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले सिरियाबाट आफ्ना सैनिक फिर्ता लैजाने घोषणा गरेलगत्तै असन्तुष्ट रक्षामन्त्री जिम म्याटिसले पदबाट राजीनामा दिइसक्नुभएको छ ।

उहाँ सन् २००१ मा तालिवानविरुद्धको युद्धमा अफगानिस्तानमा खटिनुभएको थियो । विश्लेषकहरुले भने अफगानिस्तानबाट सेना फिर्ता गरेर भयावह प्रभाव पर्ने र तालिवानले प्रचारयुद्ध जित्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया