अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०६ | Colorodo: 16:21

नेपाली चलचित्र रणवीरको पहिलो गीत सार्वजनिक

बिआरटीनेपाल २०७५ पुष ७ गते ६:४९ मा प्रकाशित

माघ १८ मा रिलिज हुने रणवीरको पहिलो गीत सार्वजनिक गरिएको छ । शनिवार राजधानीमा एक पत्रकार भेटघाटको आयोजना गर्दै फिल्ममा समावेश “तिरिमिरी तिरिमिरी तिन तारा” बोलको गीत सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजन राज सिवाकोटी र अन्जु पन्तको स्वर रहेको छ भने यसमा शब्द र सङ्गीत स्वयम् राजनले नै दिएका छन् । केही दिन अगाडी नक्सालको बालमन्दिरमा भव्य सेट लगाएर छायाङ्कन गरिएको गीतलाई रामजी लामिछानेको कोरियोग्राफी गरेका हुन् । गीतमा फिल्मका तिन मुख्य कलाकार सुशील सिटौला र डेब्यु गर्ल शुभेच्छा खड्का र सुपुसा भट्ट नेपाली पहिरनमा देखिएका छन् । निर्माण पक्षको अनुसार यस गीतको छायाङ्कन झन्डै ४ दिन गरिएको हो भने एक सय पचास भन्दा बढी कोरस प्रयोग गरिएको गीतमा २५ लाख लागत रहेको छ । 

लभ स्टोरीमा निर्मित फिल्ममा सुशील, शुभेच्छा र सुपुस्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ । यसमा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा महेश पौडेलको छायाङ्कन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

राजनराज सिवाकोटी: गीतलाई राम्रो बनाउन कोसिस गरेको छु । यसमा पनि मैले मेरो अघिल्ला गीत झैँ टिपिकल शब्दलाई प्रयोग गरेर तयार गरेको छु । मैले जसरी अडियो विश्वास गरेर दिए भिडियो त्यही अनुरूप नै तयार गर्नु भएको छ । गीत राम्रो बनेका छ जस्तो लागेको छ अब दर्शक तथा श्रोताबाट कस्तो प्रतिक्रिया आउँछ भन्ने पर्खाइमा छु ।

रामजी लामिछाने: गीतको अडियो अनुसार नै भिडियो तयार परेका छौ । निर्माण पक्षले गीतमा कुनै सम्झौता गरेका छैनन्, किनकि मैले चाहेको काम गर्न पाएको छु । गीतमा कलाकारले पनि उत्तिकै मेहनत गर्नु भएको छ । मैले अडियो सुनिसकेपछी देखेको चित्रलाई भिडियोमा उतारेको छु ।

सुशील सिटौला: गीतमा नृत्य गर्दा निकै रमाइलो भयो । लोक शैलीको गीतमा हामी सबैले नृत्य गर्दा रमाइलो गर्‍यौ । झन्डै ४ दिन भव्य सेट अनि १ सय ५० भन्दा बढी कोरस यसले गीतको भव्यतालाई प्रस्ट्याउछ । मैले नाच्ने कोसिस गरेको छु । त्यति राम्रो डान्सर त होइन म, तर कोरियोग्रफारले दिनु भएको टास्कलाई पुरा गर्ने कोसिस गरेको छु । गीतलाई लिएर निकै उत्सुकता छ, त्यसैले आउने प्रतिक्रियाको पर्खाइमा छु ।

सुपुस्पा भट्ट: डेब्यु फिल्म भएकोले गर्दा पनि यो मेरो लागि खास नै छ । साथै गीत आउदैछ, जसमा म, सुशील र शुभेच्छाले निकै मेहनत गरेका छौ । जाडो बढ्दै गर्दा केही दिन अगाडी मात्र छायाङ्कन गरिएको गीत हो । सेट लगाएर झन्डै ४ दिन छायाङ्कन भयो । मेरो पहिलो अनुभव थियो यस किसिमको अभिनय र नृत्य । त्यसैले पनि मैले धेरै नै सिके जस्तो लाग्छ । गीतको प्रतिक्रियाको पर्खाइमा छु ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू