वासिङ्गटन डिसी । सगुनले विभिन्न चरणहरुमा लगानीको अवसर खुल्ला गर्दै आइरहेकोमा हाल अमेरिकाबाट मात्र लगानी गर्ने अवसर खुल्ला रहेको छ । तर यो अवसर यही डिसेम्वर २८ देखि बन्द हुने कुरा सगुनले जनाएको छ ।
सगुनले गत वर्ष खुला गरेको मिनी आइपीओ मार्फत विश्वभरिबाट लगानी गर्न पाउने अवसर गत जुलाइमा समाप्त भएको थियो । तर अमेरिकाका टेक्सस्, फ्लोरिडा, एरिजोना र नर्थ डकोटा राज्यहरुबाट मिनी आइपीओ मार्फत सम्वन्धित राज्यको कानूनी प्रावधानका कारणले लगानी गर्न पाइन्नथ्यो । उक्त राज्यहरुबाट सगुनमा लगानी गर्न पाउने व्यवस्थाका लागि केही समय अगाडि सगुनले फण्डिङ्ग पार्टनर स्टार्ट इञ्जिन मार्फत लगानी खुला गरेको थियो । स्टार्ट इञ्जिनको प्रावधानका कारणले उल्लेखित राज्यहरु लगायत अमेरिकाका सवै राज्यहरुबाट लगानी गर्न सकिने कुरा सगुनले वताउँदै आइरहेको छ ।
सामाजिक सञ्जाल र इकमर्शको क्षेत्रमा नविनतम प्रयोगको शुरुवात गर्ने र प्रयोगकर्ताहरुलाई समेत आम्दानीको हिस्सा वाड्ने विशेष अवधारणा अनुसार अमेरिकाबाट नेपालीहरुले शुरु गरेको सगुन स्टार्ट अप कम्पनीकोरुपमा रहेको छ । हालसम्म एण्ड्रोएड एप बजारमा ल्याइसकेको सगुनको अवधारणालाई भेञ्चर क्यापिटल लगायत ठूला लगानीकर्ताहरुले समेत विशेष चासोकोरुपमा हेर्दै आइरहेका छन् ।
यस प्रकारको नयाँ अवधारणा लिएको सगुनमा सर्वसाधारणहरुले लगानी गर्न पाउने अवसर हाल आएर अमेरिकाको लागी मात्र उपलब्ध रहेको छ । यो अवसर पनि डिसेम्बर २८ पश्चात समाप्त हुने भएकोले लगानीका लागी इच्छुक व्यक्तिहरुले www.startengine.com/sagoon मा गएर लगानी गर्न सकिने कुरा सगुनका सहसंस्थापक कविन्द्र सिटौलाले बताए । यस प्रावधान अनुसार लगानी गर्नका लागी न्यूनतम रकम १०१२ अमेरिकी डलर रहेको छ र डेविट, क्रेडिट वा वैंक खाता मार्फत लगानी गर्न सकिने छ ।
कविन्द्रका अनुसार ‘यो अवसर बन्द भइसकेपछि सम्भवत सर्वसाधारणहरुले सगुनमा लगानी गर्न पाउने अवसर सधैंका लागी वन्द हुनसक्छ । सगुनले चाहेमा पुनः मिनी आइपीओ खुल्ला गर्न त सक्छ । तर यदि खुल्ला गरेछ भने पनि माथि उल्लेखित राज्यहरुले भने पहिलाको जस्तै लगानी गर्न पाउने छैनन् ।’
स्टार्ट कम्पनीहरु नयाँ र भिन्न प्रकारका आइडिया सहित बजारमा आएका हुन्छन् । यिनीहरुको नयाँ आइडियाका कारणले यिनीहरु सफल भएपछि शुरुको अवस्थामा लगानी गर्ने साना लगानीकर्ताहरुलाई समेत ठूलो प्रतिफल दिन सक्षम हुन्छन् ।
स्टार्टअप कम्पनीमा लगानीबाट हालै लाभान्वित भएका २ वटा उदाहरणहरु ताजा छन् । क्यालिफोर्नियाको एउटा Catholic school ले आफ्नो साथीले शुरु गरेको Snap Chat मा सहयोग स्वरुप US$15,000 लगानी गरेको थियो । जब Snap Chat IPO मा गयो, तब उनले आफ्नो शेयरको ३४ प्रतिशत मात्र विक्री गरेर २४ मिलियन अमेरिकी डलर हात पार्न सफल भए । त्यस्तै India का आशिष गुप्ताले साथीमार्फत Flipcart मा १५ लाख भारतीय रुपैंया लगानी गरेका थिए । जब Walmart ले Flipcart मा आफ्नो स्वामित्वको शुरुवात गर्यो, तब उनले आफ्नो शेयर विक्री गरेर गत महिना मात्र २० मिलियन अमेरिकी डलर प्राप्त गर्न सफल भए ।
यसरी स्टार्ट अप कम्पनीमा लगानी गर्दाको फाइदा देखिन्छ । तर यसको साथमा जोखिमको सम्भावना समेत त्यतिकै हुनेहुन्छ । तसर्थ लगानी गर्न इच्छुक व्यक्तिहरुले यी दुवै पक्षलाई विचार पु¥याउन सगुनले अनुरोध गरेको छ ।
थप जानकारी तथा लगानीका लागीः
www.startengine.com/sagoon (अमेरिकाबाट मात्र लगानी गर्न पाइने)