अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५९ | Colorodo: 18:14

कोलोराडोमा रक्तदान कार्यक्रम सम्पन्न, पहिलो पटक रक्तदान गर्ने नौ जना (फोटो फिचर)

बिआरटी नेपाल सम्बादाता, कोलोराडो २०७५ पुष १ गते १३:३३ मा प्रकाशित

अरोरा हिमालय लायन्स क्लब, ब्लड डोनर्स अफ अमेरिका र बिआरटी नेपाल डट कमको संयुक्त आयोजनामा हिजो डिसेम्बर १५ शनिवारको दिन कोलोराडोको डेनभर शहर स्थित बोनफिल्ड ब्लड सेन्टरमा रक्तदानको कार्यक्रम सम्पन्न भएको छ । 

रक्तदान जीवनदानको अवधारणालाई जोड दिन नेपाली समुदायमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आइरहेका छन् । बोनफिल्ड बल्ड सेन्टर डेनभरमा सम्पन्न रक्तदानमा जम्मा ४४ जना महानुभावहरूले सहभागिता जनाए पनि ३१ जनाले रक्तदान गरेका थिए भने अन्य १३ जनाले विविध कारणले रक्तदान दिन पाएनन । 

शैनब पोखरेल, विकिता सापकोटा, गणेश पौडेल, देवी आचार्य, विज्ञान गुरागाईं, सिलसिला कार्की, अनु श्रेष्ठ, प्रगत बस्नेत, राज क्षेत्रीले पहिलो पटक रक्तदान गरेका थिए । नेपाल वा अन्य देशमा गएको एक वर्ष भित्र रक्तदान गर्न नपाइने भए पनि यदि नेपालको काठमान्डौ या हिमाली भेगमा गएको खण्डमा भने रक्तदान गर्न सकिने साथै रक्तदान गर्न १६ वर्ष देखी २३ वर्ष उमेर सम्मकाले १३८ पाउन्ड भन्दा माथि वजन हुनुपर्ने र २३ वर्ष भन्दा माथिकाको ११० पाउन्ड भन्दा माथि वजन हुनु पर्ने प्रावधान रहेको ब्लड सेन्टरले बिआरटी नेपाललाई जानकारी दिएको छ । 

रक्तदानको लागि आएकाहरूमा डा. सङ्गीता श्रोतिया, सुनिल अधिकारी, श्रीराम लुइँटेल, विकिता सापकोटा, कपिल सुवेदी, शैलेश पोखरेल, शैनब पोखरेल, गणेश पौडेल, उज्ज्वल सुनुवार, राज छेत्री, देवाश्री बस्याल, कुमार जङ्ग कार्की, दीपक सुनुवार, प्रज्ञा गहतराज, देवी आचार्य, मनिष ढकाल, टिका पौडेल, विज्ञान गुरागाईं, बिस्टा नन्दा श्रेष्ठ, पदम विश्वकर्मा, डा. पंकज तिम्सिना, जगदीश चन्द्र ढकाल, सिलसिला कार्की, अर्जुन दाहाल, अनु श्रेष्ठ, कमलेस आचार्य, दीपक ढकाल, प्रगत बस्नेत, डिल्ली अधिकारी, प्रदिप सापकोटा छन् । 

रक्तदानको लागि आएका अर्जुन कार्की, लीला कार्की, सोवित गौतम, अलिसा गौतम, सम्झना पाण्डे, ज्योति सुनुवार, सुरेन्द्र अधिकारी, बद्री आचार्य, द्रोण आचार्य, प्रवीण आचार्य, मैया सुनुवार, रबिन रसाईली र सुरज भण्डारीले विविध कारणले रक्तदान दिन पाएनन । अर्को पटकको रक्तदान २०१९ को अप्रिल महिनाको तेस्रो हप्तामा गरिने भएको छ । 

कार्यक्रममा आयोजकको तर्फबाट अरोरा हिमालय लायन्स क्लबका अध्यक्ष कपिल सुबेदी, ब्लड डोनर्स अफ अमेरिका कोलोराडो संयोजक श्रीराम लुइटेल र ब्लड डोनर्स अफ अमेरिका बोर्ड मेम्बर टिका पौडेलले रक्तदाताहरुलाई प्रमाण पत्र पनि वितरण गरेका थिए । कार्यक्रममा गङ्गा चौलागाइ, अङ्कित गेलाल, सुप्रिया सुबेदी, प्रभास बस्नेत, पौरख रिजाल, सुप्रिम सुबेदी, विमल अधिकारी र तारा ढुङ्गानाको उपस्थिति थियो ।

 

 

प्रतिक्रिया