अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२४
| Colorodo: 03:39
जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले हड्ताल गरेका छन् । हड्तालको कारणले सोमबार रेलसेवा अबरुद्ध भएको छ। डच बाहनका अनुसार मजदूरहरुको चार घण्टे हड्तालका कारण देशका सबैजसो अन्तर–प्रादेशिक रेलसेवा रद्द गरिएको छ ।
हड्तालका कारण उच्च गतिको रेलसेवाका साथै एक सहरबाट अर्को सहर जोड्ने अन्य छोटो दूरीको रेलसेवा पनि अबरुद्ध भएको डच बाहनको वक्तव्यमा उल्लेख छ । डच बाहन र मजदूर युनियनबीच रेल मजदूरको तलबमा ७ दशमलब ५ प्रतिशत वृद्धि गर्ने मागमा सहमति हुन नसकेपछि मजदूरहरु हड्तालमा उत्रिएका हुन् । जर्मनीको सबैभन्दा ठूलो रेल कम्पनी डच बाहनमा हाल एक लाख ६० हजार कामदार छन् ।
जर्मन समाचार संस्था डीपीएका अनुसार डच बाहनले मजदूर युनियनका नेताहरुलाई पुनः वार्ताका लागि आमन्त्रण गरिसकेको छ ।